२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाराग्वेलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत फ्रान्सका कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरी अग्रता दिलाएका थिए।

अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग खेल्नेछ ।

RSS/AP Photo/Matt Slocum