२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश



अ+ अ-

 

काठमाडौं ।मोरक्को सहआयोजक क्यानडालाई हराउँदै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । अब मोरक्कोले सेमिफाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ ।