२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरे पनि सञ्चार क्षेत्रमा चुनौतीहरू अझै कायम रहेको बताउनुभएको छ।

नेपाल पत्रकार महासंघले आइतबार ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै उहाँले नेपालको प्रेस जगतले जुनसुकै परिस्थितिमा पनि आफ्नो कर्तव्य निर्वाह गर्न ठूलो मूल्य चुकाउँदै आएको बताउनुभयो।

उहाँले लोकतान्त्रिक व्यवस्था स्थापना र परिवर्तनका आन्दोलनमा प्रेस जगतले अग्रणी भूमिका खेलेको स्मरण गर्दै संविधानले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिसक्दा पनि पत्रकारहरू आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अवस्थामा पुग्नु दुःखद् भएको उल्लेख गर्नुभयो।

विरहीले राज्यमा सूचना लुकाउने प्रवृत्ति अझै कायम रहेको र सही सूचनालाई समेत गलत सावित गर्ने प्रयास भइरहेका कारण पत्रकारिता थप चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो। यस्ता गतिविधिको अनुभूति पत्रकार मात्र होइन, पाठक, श्रोता र दर्शकले समेत गरिरहेको उहाँको भनाइ थियो।

उहाँले प्रमाणसहित प्रकाशित गरिएको मन्त्रीसम्बन्धी समाचारलाई सञ्चार संस्थाकै सञ्चालकले सार्वजनिक रूपमा खण्डन गर्दै माफी माग्नुपर्ने अवस्था सिर्जना हुनु प्रेस स्वतन्त्रतामाथिको दबाबको उदाहरण भएको उल्लेख गर्नुभयो। यस्तो अवस्था यसअघि कहिल्यै नदेखिएको भन्दै उहाँले यसप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।