२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न



अ+ अ-

काठमाडौं । क्रिएटिभ विङ्स प्रोडक्सन हाउस प्रा।लि।को ब्यानरमा निर्माण हुन लागेको सामाजिक तथा लागूऔषध दुर्व्यसनविरुद्धको चेतनामूलक नेपाली चलचित्र ‘बिषहरण’ को कलाकार छनोट (अडिसन) सम्पन्न भएको छ।

अडिसनमा करिब ४० जना कलाकारले सहभागिता जनाएका थिए। अभिनय क्षेत्रमा रुचि भएका नयाँ तथा अनुभवी कलाकारहरूले विभिन्न भूमिकाका लागि आफ्नो अभिनय क्षमता प्रस्तुत गरेका थिए।

अडिसनमा नेपाली चलचित्र क्षेत्रका अनुभवी व्यक्तित्वहरू निर्णायकका रूपमा सहभागी भएका थिए। चलचित्रको निर्देशन अनिल कजासुले गर्दैछन्।

चलचित्रको निर्माण क्रिएटिभ विङ्स प्रोडक्सन हाउस प्रा।लि। ले गरिरहेको छ भने एमबी राउत सह–निर्माताका रूपमा रहेका छन्। निर्माण पक्षले चलचित्रका मुख्य कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरेको छैन।

निर्माण पक्षका अनुसार चलचित्रले लागूऔषध दुर्व्यसनको असर र त्यसबाट मुक्त भई नयाँ जीवनतर्फ अघि बढ्न सकिने सन्देश दिनेछ। चलचित्रको छायांकन छिट्टै सुरु गरिने जानकारी निर्माण पक्षले दिएको छ।