२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल



तस्बिर : सानेबहादुर नेपाली/रासस
अ+ अ-

तनहुँ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनप्रतिनिधि जनताप्रति सधैँ उत्तरदायी बन्नुपर्ने बताउनुभएको छ ।

तनहुँको दमौली र दुलेगौँडामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्तासँग छलफल गर्दै उहाँले तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री लम्सालले जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पु¥याउन आग्रह गर्दै सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले तनहुँका लागि रु चार अर्बको बजेटको सीमामा रहेर सडक र पुलको योजना ल्याउन सरोकार भएकाहरूलाई आग्रह गर्नुभयो ।

छलफलका क्रममा रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाको विकास, निर्माणका विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराउनुभयो । रासस