२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ



फाइल फोटो
अ+ अ-

विराटनगर।  कोशी प्रदेशसभाको आजको बैठकमा  विनियोजन विधेकयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनुभएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सरकारले सार्वजनिक गरेको बजेटप्रति आलोचना हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो । उहाँले यसपटकको बजेटले प्रदेशको जनताको मन छुने विश्वास व्यक्त गर्नुभयो । बजेटमा देखिएका त्रुटीलाई बजेट कार्यान्वयन हुनु अगावै सच्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले स्रोत नबढाउने र विकासका योजना मात्र बढाउने प्रवृतिबाट समस्या देखिएको बताउनुभयो । उहाँले मन्त्रालयले प्राथमिकताका आधारमा झोलुङ्गे पुल, सडकका योजना छनौट गरेको उल्लेख गर्नुभयो ।

पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक र आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विनियोजन विधेयकमाथि उठेका प्रश्नले जवाफदेही बन्न बल पुगेको बताउनुभएको थियो । रासस