२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले तत्काल रोजगारीको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । बुधवार बसेको प्रतिनिधि  सभा बैठकमा बोल्दै उहाँले सरकारको ध्यान त्यस दिशातर्फ केन्द्रित गराउनु भएको हो ।

सडकपेटीमा बसेर गुजारा गर्दै आएका दृष्टिविहिन नागरिकहरुलाई सरकारले धरपक्कड गरेर हटाउन थालेपछि दृष्टिविहिन नागरिकहरुले रोजगारीको माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा धर्नासहितको विरोध प्रर्दशन गरेको दुई हप्ता बढी वितिसक्दा पनि सरकारले त्यतातर्फ ध्यान दिएको छैन । अध्यक्ष राईले उनीहरुले गर्नसक्ने काम दिएर उनीहरुको रोजगारी पाउने संवैधानिक हकको सम्बोधन गर्न सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘यो दृष्टिबिहीन व्यक्तिहरुले आन्दोलन गरिरहनु भएको छ । उहाँहरुको माग के हो भन्दाखेरी हामीलाई भत्ता दिनुपर्छ, हामी बसीबसी खान्छौँ भनेको होइन रहेछ । मलाई एउटा ज्ञापन पत्र पनि बुझाउनु भएको थियो । उहाँहरुको माग चाहीँ हामीले सकेको काम जस्तो फोन रिसिभ गर्ने कामदेखि बसेर गर्ने कामहरु हामी गर्नसक्छौँ । सरकारले हामीलाई त्यसतर्फ रोजगारी दिउन भन्ने खालको उहाँहरुको माग छ । यदि त्यो दिन सकेन भने उहाँहरु सडकपेटीमा गीत गाएर गुजारा गर्दै हुनुहुँदो रहेछ । त्यहाँ गीत गाउनु हुँदैन भन्ने सरकारले महशुस गरेको रहेछ । ’

त्यस अवसरमा अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिनुभएको राष्ट्रघाती अभिव्यक्ति सच्याउनका लागि रुलिङ गर्न पनि सभामुख डोलप्रसाद अर्याललाई दवाव दिनुभयो ।