२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंमा उपत्यका खाली, १४ लाखभन्दा बढी फर्किए गाउँ



अ+ अ-

काठमाडौं । दशैंको मुखैमा उपत्यकाको मुख्य–मुख्य नाकामा दशैं मान्न उपत्यका छोडी गाउँ जाने यात्रुको लर्को लागेको छ। बुधबारसम्म मात्रै १४ लाख १३ हजार ३ सय ५७ यात्रुले उपत्यका छोडेका छन्। नागढुंगा, भक्तपुर, मुड्खु र फर्पिङ नाका हुँदै ती यात्रु उपत्यकाबाट बाहिरिएका हुन्। त्यस्तै असोज ५ देखि १५ गतेसम्मको तथ्यांकअनुसार हेर्ने हो भने भने ८ लाख ४२ हजार २ सय ४९ जना यात्रु उपत्यका भित्रिएका छन्।

ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार १ लाख ५५ हजार ८ सय ७७ सवारीसाधन उपत्यकाबाट बाहिरिएको छ। त्यसै गरी १ लाख ३० हजार १ सय ६४ साधन उपत्यका भित्रिएको छ। पछिल्लो दुई दिनदेखि २ लाख बढी यात्रुले उपत्यका छोडिरहेको उहाँले जानकारी दिनुभयो। ‘दुई दिनदेखि २ लाख बढी यात्रुले उपत्यका छोडिरहेका छन्’, उहाँले भन्नुभयो– ‘अझै तीन दिन बाँकीसम्म यात्रु बाहिरिने क्रम जारी रहने भएकाले अझै बढ्न सक्ने सम्भावना रहेको छ।’

मंगलबार मात्रै १ लाख ९९ हजार १ सय २१ जनाले उपत्यका छोडेका थिए भने बुधबार २ लाख २१ हजार ३ सय ६९ जना यात्रुले उपत्यका छोडेका थिए। यसरी तथ्यांक हेर्दा पनि दैनिकजसो उपत्यका छोडेर दशैंका लागि घर जाने यात्रुको संख्यामा वृद्धि भइरहेको छ। अघिल्लो वर्षहरूमा दशैंमा ३ लाख यात्रुले उपत्यका छोडे पनि योपटक भने घटेर २ लाखको हाराहारीमा पुग्न सक्ने अनुमान महाशाखाको छ।

महानवमीसम्म यात्रु घर जान उपत्यका छोड्ने गरेको अघिल्लो वर्र्षको तथ्यांकले देखाएको छ।महाशाखाले बुधबारसम्म १ लाख ३८ हजार ७ सय ६२ वटा अग्रिम टिकट बुकिङ भएको जनाएको छ। नेपाल समाचारपत्र दैनिकबाट