काठमाडाैँ । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८२/८३ मा मृत्यु भएका वा अशक्त भएका वैदेशिक रोजगारीमा गएका श्रमिकका छोराछोरीलाई प्रदान गरिने छात्रवृत्तिअन्तर्गत हालसम्म ३ हजार ३६३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको जनाएको छ।

बोर्डअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीका अनुसार छात्रवृत्ति प्राप्त गर्नेमध्ये १ हजार ७८१ जना छात्र र १ हजार ५८२ जना छात्रा रहेका छन्।
प्रदेशगत रूपमा सबैभन्दा धेरै लाभग्राही लुम्बिनी प्रदेशका रहेका छन्। लुम्बिनीबाट ७७८ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। त्यसपछि कोशी प्रदेशका ७३७ जना, मधेश प्रदेशका ७१३ जना र गण्डकी प्रदेशका ५३१ जना विद्यार्थी लाभान्वित भएका छन्।
यस्तै, बागमती प्रदेशका ३८१ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् भने कर्णाली प्रदेशका १३८ जना र सुदूरपश्चिम प्रदेशका ८५ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन्।
बोर्डका अनुसार प्राप्त निवेदनहरूको आवश्यक कागजात तथा मापदण्डका आधारमा मूल्याङ्कन गरी छात्रवृत्ति वितरण गरिएको हो।
वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम मृत्यु भएका वा अशक्त भएका वैदेशिक श्रमिकका छोराछोरीको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले बोर्डले यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बोर्डका अनुसार छात्रवृत्तिका लागि निवेदन आउने क्रम अझै जारी रहेकाले लाभग्राही विद्यार्थीको सङ्ख्या थप बढ्ने अपेक्षा गरिएको छ।
न्यूजपोलार
२६ असार २०८३, शुक्रबार १७:२०
न्यूजपोलार
२६ असार २०८३, शुक्रबार १७:२०
२६ असार २०८३, शुक्रबार १७:२०











