१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महराको राजीनामाले पायो पूर्णता



अ+ अ-

काठमाडौँ । सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजीनामाले पूर्णता पाएको छ । महराले राजीनामा उपसभामुख समक्ष मंगलबार नै बुझाए पनि पूर्णता पाउन अपनाउने प्रक्रियामा भने ढिलाई भएको थियो ।

तर बुधबार संसद सचिवालयले सबै प्रक्रिया पूरा गरेर महराको राजीनामालाई पूर्णता दिएको हो।

संवैधानिक व्यवस्था अनुसार संसदको अधिवेशन चालु रहेको अवस्थामा सभामुखको राजीनामा पत्र संसदमा पढेर सुनाउनु पर्छ । तर संसदको अधिवेशन असोज २ गते अन्त्य भएको थियो ।

राजीनामाले पूर्णता पाउने अर्को बाटो पनि छ, संसदको अधिवेशन चालु नरहेको अवस्थामा । त्यसका लागि संसद सचिवालयले राजीनामा सम्बन्धी सूचना प्रकाशित गर्नु पर्छ ।

तर संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई परिवारका सदस्य बिरामी भई उपचारका लागि भारतको नयाँ दिल्लीमा छन्। बुधबार दिउँसो महासचिव भट्टराईको अनुपस्थितिमा संसद सचिवालयका सचिव भरतराज गौतमले हस्ताक्षर गरी सूचना निकालेर महराको राजीनामा प्रक्रियालाई पूर्णता दिएका हुन् ।

संसद सचिवालयले महराको राजीनामा सम्बन्धमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम बुधबार सूचना प्रकाशित गरेको हो।

नियम २११ को १ र २ मा के छ ?