२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ हजार ५ सय कि.मी सडक निर्माण कार्य अगाडि बढेको छ: मन्त्री पण्डित



अ+ अ-

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताएका छन् । विराटनगर बसपार्क व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रहरी बिट र नागरिक सहायक कक्षको उद्घाटन कार्यक्रममा उनले उक्त सडक सञ्जाल जोड्न रु आठ खर्ब खर्च लाग्ने भए पनि हाललाई उक्त कार्यका लागि काम अगाडि बढाउन शुरु गरिएको बताए ।

मन्त्री पण्डितले नेपालको कूल बजेटको २५ प्रतिशत रकम सडक निर्माणमा खर्च हुने चर्चा गर्दै सडक निर्माणमा न्यून गुणस्तरीय निर्माण गर्नेलाई दण्डित गरिने धारणा व्यक्त गरे । उनले यस क्षेत्रका जनतालाई सहज आवागमनका लागि विराटनगरको रानी–निमुवा नहर सडकको कालोपत्र गर्ने कार्यको आगामी हप्ता शिलान्यास गरिने जानकारी दिए ।

उनले मुलुकमा भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने कार्य शुरु भएको छ भन्दै आत्महत्या गर्छु भनेर धम्की दिएको आधारमा कोही कसैले छुट नपाउने भने । मन्त्री पण्डितले अहिले नेपालको वार्षिक वृद्धिदर सात प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै वर्तमान सरकारले ११ प्रतिशत पुर्याउने लक्ष्यले काम गरिरहेको र यसैबाट मुलुकमा समृद्धी आई जनतालाई खुशी तुल्याउने धारणा राखे ।

उनले अहिले जनताले जहाँ खोजे त्यहीँ सरकार रहेको चर्चा गर्दै तीन तहको सरकारको सहकार्यमा मुलुकको विकास अघि बढ्ने विश्वास व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले समुदाय प्रहरी साझेदारीका कारण विगत दुई महीनामा यस क्षेत्रमा अपराधका घटनामा कमी आएको जानकारी दिए ।

बस व्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठ, उपाध्यक्ष राजन कँडेल, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेशका संयोजक सरोज श्रेष्ठले बसपार्कमा आगामी दिनमा आधुनिक स्वागतद्वार, घण्टाघर, विश्वकर्मा भगवान्को मन्दिर, ज्येष्ठ नागरिक कक्ष, वाचनालय, धुलो पखाल्ने प्रविधि, आधुनिक यात्रु प्रतीक्षालय, शुद्ध र चिसो पिउने पानी उपलब्ध गराउनाका साथै छिमेकी मुलुक सरहको नमूना बसपार्क बनाउने जानकारी दिए ।




भर्खरै