२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् ‘सोले’ का कालिया



अ+ अ-

काठमाडौं । भारतको सर्वाधिक चर्चित फिल्म ‘सोले’ बाट तपाई परिचित हुनुहुन्छ भने कालिया नामको पात्रले तपाईलाई पुरानो समयमा अवश्य पुर्याउने छ । फिल्ममा ‘अब तेरा क्या होगा कालिया’ भन्ने गब्बर सिंहको डायलगले अझै पनि समाजमा स्थान पाई नै रहेको हुन्छ ।

उनै कालिया अर्थात् विजु खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा बिहान ६ः५५ मा निधन भएको हो । विजु खोटेको अस्पतालमा नभई घरमै देह त्याग्ने चाहनाको कारणले उनलाई केही दिनअघि मात्र घर फर्काइएको थियो । खोटेले सोलेबाहेक करिब ३ सय वटा हिन्दी र मराठी फिल्ममा अभिनय गरेका थिए ।

उनले ‘अन्दाज अपना अपना’ मा निभाएको ‘रोबर्ट’ को भूमिका पनि चर्चित छ । सो फिल्ममा उनले बोल्ने डाइलग ‘गल्ती से मिस्टेक हो गया’ लाई पनि निकै रुचाइएको थियो । मल्टिपल अर्गान फेलर’ का कारण उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।