२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोङ्गामा नयाँ प्रधानमन्त्री नियुक्त



अ+ अ-

सुभा । टोङ्गाका अर्थमन्त्री पोहिभा टु आई वान्टोआ नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । पूर्वप्रधानमन्त्री आकिलीसी पोहिभाको ठाउँलाई बान्टोआले प्रतिस्थापन गरेका हुन् । आकिलिसीको गत सेप्टेबर १२ मा निधन भएको थियो ।

टापुले भरिएको यस देशको मताङ्गी टोङ्गी अनलाइनका अनुसार टोङ्गा संसदमा भएको निर्वाचनमा वान्टेआ नियुक्ति भएका हुन् । टोङ्गाका २३ जना सांसदले दिएको मतबाट उनी निर्वाचित हुनु भएको समाचारमा जनाइएको छ ।

सन् २०१० नयाँ सरकार प्रणालीअन्तर्गत प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाअनुसार सदनका अध्यक्ष लर्ड फकाफानुआले प्रधानमन्त्रीको निर्वाचनको लागि आह्वान गरेका थिए । वान्टोआले अब नयाँ मन्त्रिमण्डल गठन गर्नेछन् ।