२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध: मुख्मन्त्री पौडेल



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको आजको दिन चौथो संविधान दिवसका अवसरमा एक सन्देश दिँदै मुख्मन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

“आजको दिनसम्म आइपुग्दा यो देशको परिवर्तनका लागि थुप्रै योद्धाले आफ्नो अमूल्य जीवनको बलिदानी दिनुभएको छ । संविधान दिवसका अवसरमा परिवर्तनको पक्षमा भएका अनेकन आन्दोलनमा शहादत प्राप्त गर्नुभएका महान् शहीदप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु । घाइते तथा अशक्त योद्धाप्रति सम्मान व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

नेपाली जनताको सदियौँ लामो बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त संविधानसभामार्फत निर्माण भएको संविधान कार्यान्वयनको चरणमा छ । यस क्रममा तीनै तहको निर्वाचन सम्पन्न भई जननिर्र्वाचित प्रतिनिधिमार्फत शासन व्यवस्था सञ्चालन भइरहेको छ । नागरिक अधिकार र राजनीतिक परिवर्तनका मुद्दालाई संविधानमा लिपिबद्ध गरेपश्चात् तीनै तहको सरकार जनअपेक्षा पूरा गर्ने अभिभारा पूरा गर्न क्रियाशील रहेको मुख्यमन्त्री पौडेलद्वारा सन्देशमा उल्लेख छ ।

उनले सन्देशमार्फत जनतालाई व्यवस्था परिवर्तन भएको अनुभूति दिनका लागि जनताको अवस्था बदल्नुपर्ने र तदनुरुपका योजना तथा कार्यक्रम बनाउनुपर्ने बताएका छन्। यसका लागि प्रदेश सरकार इमान्दारिताका साथ लागिपरेको र आफ्ना नीति तथा कार्यक्रम सोही दिशामा केन्द्रित भएको उहाँले उल्लेख गरेका छन् ।

“सङ्घीयता हाम्रो लागि नयाँ अभ्यास हो । यस क्रममा सीमित स्रोत र साधनबीच आरम्भ भएको हाम्रो यात्रा केही अगाडि बढेको छ । वर्तमान संविधानले हाम्रो बाटो र गन्तव्य प्रस्ट पारेको छ । विकास र समृद्धि नै अहिले हाम्रो प्रमुख कार्यभार बनेको छ । प्रदेश नं ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध छ ।

यसका लागि हामी सबैको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मिहिनेतको आवश्यकता छ । संविधान दिवसले हामीलाई यो लक्ष्य पूरा गर्न थप प्रेरणा दिने विश्वास छ” मुख्यमन्त्री पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।