२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको पानीजहाज सपना : सञ्चालन गर्ने कार्यालय नै नेतृत्वविहीन, इन्जिनियरसमेत सरुवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पटक–पटक आफ्नो सपनाको रूपमा अथ्र्याउँदै प्रमुख प्राथमिकतामा राखेको पानीजहाज आयोजना सञ्चालन गर्ने कार्यालय नै एक महिनादेखि नेतृत्वविहीन बनेको छ । तर, पानीजहाज कार्यालयमा नयाँ नेतृत्व नियुक्त हुनुको सट्टा भएका अर्का इन्जिनियर पनि सरुवा गरिएका छन् ।

गत २ फागुनमा प्रधानमन्त्रीले तामझामका साथ उद्घाटन गरेको पानीजहाज कार्यालय हाँक्न तीन इन्जिनियर नियुक्त गरिएका थिए । उनीहरूको सहयोगका लागि थप १३ दरबन्दी राखेर कर्मचारी खटाइएका थिए । तर, कार्यालय प्रमुखका रूपमा नियुक्त मेकानिकल इन्जिनियर ऋषिराज कोइरालाले ३२ साउनमा अनिवार्य अवकाश लिएपछि नयाँ नेतृत्व नियुक्त गरिएको छैन । बरु, शाखा अधिकृत तहका अर्का इन्जिनियर सन्दीपा राईलाई पनि ऊर्जा मन्त्रालयमा सरुवा गरिएको छ ।

हाल द्वितीय श्रेणीका इन्जिनियर विपिन राजभण्डारीले कार्यालय हाँकिरहेका छन् । प्राविधिकको अभावमा दैनिक कार्यसम्पादन नै प्रभावित भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवाली भने काम प्रभावित नभएको दाबी गर्छन् । ‘कार्यालयमा प्रथम श्रेणीको मेकानिकल इन्जिनियर प्रमुख रहने गरी दरबन्दी स्वीकृत गरियो । सोहीअनुसार एक मेकानिकल इन्जिनियर नियुक्त भए । उनको अनिवार्य अवकाशपछि नयाँ नेतृत्व नियुक्त गर्न सकिएको छैन ।

उनीमातहतका दुई इन्जिनियरमध्ये पनि एकको सरुवा भएको सुनेँ,’ प्रवक्ता ज्ञवालीले भने, ‘अहिले कार्यालयमा एउटै इन्जिनियर भए पनि काम प्रभावित भएको छैन । उनलाई कामुको जिम्मेवारी दिएका छौँ ।’ कार्यालय हाँकिरहेका इन्जिनियर विपिन राजभण्डारी भने काम प्रभावित नभए पनि एक्लै सम्हाल्न गाह्रो भएको बताउँछन् । नेपालले आन्तरिक तथा बाह्य रूपमा पानीजहाज चलाउने निर्णय गत २९ पुसमा गरेको थियो ।

पानीजहाज कार्यालयमा १६ दरबन्दी स्वीकृत गर्दै नेतृत्वमा प्राविधिकतर्फ प्रथम श्रेणीको एक, द्वितीय श्रेणीको एक र शाखा अधिकृत तहको एक इन्जिनियर रहने व्यवस्था गरेको थियो । अन्य दरबन्दी भने गैरप्राविधिकतर्फका थिए । प्राविधिक काम भएकाले सरकारले कार्यालयको नेतृत्वदेखि महत्वपूर्ण जिम्मेवारी प्राविधिकतर्फका कर्मचारीलाई नै दिएको थियो ।

पानीजहाज सञ्चालन नियमावली तीन महिनादेखि मन्त्रालयमा रोकियो कानुन मन्त्रालयले ‘आन्तरिक जलयान सञ्चालन नियमावली’ पास नगर्दा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन प्रभावित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियमावली तीन महिनाअघि नै रायका लागि कानुन मन्त्रालयमा पेस गरेको थियो । तर, मन्त्रालयले हालसम्म पनि राय–सुझाबसहित मस्यौदा अघि नबढाएको भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताए ।

‘नेपालका नदीमा पानीजहाज चलाउने भन्ने भयो । कार्यालय स्थापना गरियो । तर, हामीसँग कानुन नै छैन रहेछ । अब कानुन बनाउनुपर्ने भयो । यसका लागि आन्तरिक जलयान सञ्चालन नियमावलीको मस्यौदा बन्यो । र, हामीले आवश्यक रायका लागि कानुन मन्त्रालयमा तीन महिनाअघि नै पेस गरेका हौँ ।

तर, मन्त्रालयबाट अझै प्रतिक्रिया भएको छैन,’ उनले भने । उनका अनुसार कानुन मन्त्रालयबाट पास भएपछि नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालयमा जान्छ । अर्थले पास गरेपछि निर्णयार्थ मन्त्रिपरिषद् बैठकमा पेस हुन्छ । त्यसपछि मात्रै नियमावली कार्यान्वयनमा आउँछ । समाचार नयाँ पत्रिका दैनिकबाट