२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका सयौ कार्यकर्ता कांग्रेसमा प्रवेश



अ+ अ-

सन्धिखर्क । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान चलिरहेका बेला अर्घाखाँचीमा नेपाली कांग्रेसले सयौ जना भित्तयाएको छ । जिल्लाको पाणिनि गाउँपालिकामा तत्कालिन एकिकृत नेकपा माओवादीका वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारसहित ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) का अनुसार स्थानीय तहको निर्वाचनमा तत्कालिन एकिकृत माओवादीबाट गाउँपालिका ८ मा वडाध्यक्षका उम्मेदवार बनेका नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्तसहितका ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको हुन् ।

तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा जनतामुखी हुन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र दुई तिहाइको सरकारले आफ्नो गाउँको विकासमा कुनै पहल नगरेको भन्दै आफूहरु कांग्रेसमा प्रवेश गरेको तत्कालिन एमाओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार नुमहमल अलिले बताए।

नवप्रवेशीलाई नेपाली कांग्रेसका नेता चन्द्रबहादुर केसी, पूर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु मुस्कान, पूर्व सभापती कमलप्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतमलगायतले प्रवेश गराएका हुन्।




भर्खरै