९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलबाट इडेन हजार्डको पहिलाे खेल, लिभान्ते ३-२ ले पराजित



अ+ अ-

म्याड्रिडः इडेन हाजार्डको पहिलाे खेलमा रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा लिभान्तेलाई ३–२ गोलले पराजित गर्यो । अघिल्ला खेलमा चोटका कारण हाजार्ड टोली बाहिर थिए । उनी यसै सिजन इङ्लिस क्लब चेल्सीबाट रियलमा आवद्ध भएका हुन् ।

Real Madrid v Levante - La Liga Santander

घरेलु मैदानमा शनिबार भएको खेलमा रियलले तीनवटै गोल पहिलो हाफमा गरेको थियाे । रियलको जितमा करिम बेन्जेमाले दुई गोल गरे । बेन्जेमाले २५ औं मिनेटमा खाता खोलेका थिए ।

बेन्जेमाले ६१औं मिनेटमा अर्को गोल थप्लै टोलीको अग्रता दोब्बर बनाए । कासेमिरोले ४०औं मिनेटमा तेस्रो गोल गरेका थिए । पहिलो हाफमा ३–० गोलले अगाडी बढेको रियलले दोस्रो हाफमा गोल गर्न सकेन ।

त्यसपछि ४९औं मिनेटमा लिभान्तेका बोर्जा मायोरलले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ७५ औं मिनेटमा गोन्जालो मेलेरोले दोस्रो गोल गरेपनि लिभान्तेले हार टार्न सकेन । जितसँगै रियलले चार खेलबाट आठ अंक बनाएको छ । लिभान्तेको समान खेलबाट ६ अंक छ ।

शनिबार नै भएको अर्को खेलमा एथलेटिक बिल्बाओ र मालोर्काले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै बिल्बाओले चार खेलबाट आठ अंक बनाएको छ । मालोर्काको चार अंक छ ।