२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीकाे विकल्पः तेह्रवटा ‘डिप बोरिङ’ जडान हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ, पुस ५ गते । मेलम्ची नआउन्जेलसम्म काठमाडौँ उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ ।

त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका लागि ठाउँ पहिचान भई अहिले अध्ययन कार्य भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्पको रूपमा उपत्यकाको १३ वटा ठाउँमा नयाँ ‘डिप बोरिङ’ जडान गरी एक करोड ३० लाख लिटर पानीको उत्पादन थप गर्न लागिएको जानकारी दिनुभयो । उहाँले उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु नभएसम्म पानीको अभाव हुन नदिन पानीको उत्पादन थप गर्न लागिएको स्पष्ट पार्नुभयो

उहाँले अबको दुई महिनामा अध्ययन सम्पन भई निर्माण कार्य सुरु हुने बताउनुभयो । दसवटा जडान भई सञ्चालनमा आइसकेपछि वितरण प्रणालीमा दैनिक थप एक करोड लिटर पानी थप हुने बताउनुभयो ।

उपत्यकामा भएका पानीका स्रोतहरूको संरक्षण गर्दै पानीको उत्पादन थप्न लागिएको बताउँदै उहाँले भन्नुभयो, ‘‘केयूकेएलले अहिले सञ्चालनमा रहेका ३५ वटा सतहगत मुहानलाई सफा र मर्मतसम्भार गरी बढीभन्दा बढी पानी पोखरीमा ल्याउने, चुहावट भइरहेको पाइएमा ७२ घण्टाभित्र मर्मत गर्ने र सुक्खा ठाउँहरूमा ट्याङ्करबाट समेत पानी वितरण गर्ने कार्यक्रम अगाडि बढाइएको छ । ’’

दैनिक ११ करोड लिटर पानी
केयूकेएल प्रमुख शाक्यका अनुसार भूमिगत स्रोतबाट दैनिक तीन करोड र सतहगत स्रोतबाट आठ करोड लिटर पानी निकाल्ने काम भइरहेका छन् । त्यसैगरी नयाँ जडान गरिएका तीनवटा बोरिङबाट ३० लाख लिटर पानी निकालिएको छ । अहिले दैनिक ११ करोड लिटर पानी उपलब्ध भए पनि उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ ।

(गाेरखापत्र दैनिकमा समाचार छ)