९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली प्रहरी नियन्त्रणमा



अ+ अ-

अमरगढी । डडेल्धुरामा नक्कली प्रहरी नायब निरीक्षक बनी धम्क्याउने एक जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आज नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तथा मुद्दा फाँटको प्रमुख करवीर ऐर हुँ भनी अमरगढी नगरपालिका–६ छचोडाँका स्थानीय महेश ताम्राकारले ९८६५६७३४७० को नम्बरबाट सोही ठाउँका स्थानीय खड्ग ताम्राकारलाई ९८४२२०२११२ नम्बरमा फोनबाट गालीगलौज गरेका थिए ।

फोनबाट उनले आफू प्रहरी नायब निरीक्षक करवीर ऐर हुँ भन्दै हिजो बिहीबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित नभए प्रहरी लगाएर पक्राउ गर्ने भनी बुधबार राति १ बजे गाली गरेपछि बिहीबार ताम्राकार डडेल्धुरा जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

मुद्दा फाँटमा कार्यरत प्रहरी नायब निरीक्षक ऐरकहाँ पुगेपछि आफूले फोन नगरेको भन्दै मोबाइल नम्बर पत्ता लगाउँदा अमरगढी–६ का महेश ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

गाउँका सोझासाझा जनतालाई नक्कली प्रहरी बनी दुःख दिन खोजेको भन्दै उनलाई आज जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उपस्थित गराइएको प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए । ‘‘यस विषयमा अनुसन्धान भइरहेको र निजलाई कानूनअनुसार कारवाही हुनेछ’’, प्रनि खड्काले भने ।