९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलढुंगामा २ राउण्ड गोली फायर, गुण्डागर्दीमा संलग्न साजन गुरुङ पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ । गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो । विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको स्रोतले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । उनलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ । धादिङ बस्ने गुरुङ विरुद्द निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।

प्रहरी अधिकृतलाई समेत उनले यसअघि धम्क्याएको कुरा आएको छ । स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई हत्या गर्छु भनेर तामाङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो ।

गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली पनि बरामद भएको छ ।