९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले पुरिएर आमा-छोराको मृत्यु, ४ जन बेपत्ता



अ+ अ-

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–२ छेर्लोबाङ झार्नेमा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी लिलाराम आचार्यका अनुसार गएराति आएको पहिरोमा परेर २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको हो ।

आचार्यका अनुसार एकान्तमा रहेको घर पुरिएको स्थानीयले विहानमात्रै थाहा पाएका थिए । उनी भन्छन्, ‘पुरिएको घरमा चार जना पाहुना पनि आएको भन्ने सुनेका छौं, उहाँहरू कता जानु भयो यकिन छैन ।’

वर्षा अझै नरोकिएको र लेदो माटोका कारण उद्धारमा कठिनाई भइरहेको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती मगरले जानकारी दिएका छन् ।