९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशारण लाइन प्रभावितको गुनासो



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी कोरिडोर २२० केभी विद्युत् प्रशारण लाइन प्रभावित समुदायसँगको परामर्शबिना शुरु गरेको पीडितले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगमा आज सो परियोजनाका प्रभावित समूह पुगी परियोजना निर्माण कार्य चार वर्षदेखि शुरु भइरहेको र वास्तविक प्रभावितसँग कुनै परामर्श नगरी अघि बढेको गुनासो गरेका हुन् ।

सो परियोजना निर्माण गर्दा प्रभावितलाई सहभागी नगराई, मञ्जुरी नलिई एकलौटी ढङ्गबाट मुआब्जा निर्धारण गरी बुझ्नका लागि आह्वान गरिएको र प्रभावित वर्गले परियोजनाको विरोध गर्नुभन्दा पनि न्यायपूर्ण र समावेशी विकास चाहेको उनीहरुले निकालेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

प्रभावित समूहका अध्यक्ष खेमजङ्ग गुरुङले अन्तरराष्ट्रिय श्रम सङ्गठनले प्रत्याभूत गरेको स्वतन्त्र, अग्रीम जानकारी सहितको मञ्जुरीको अधिकार, सहभागिताको अधिकार कार्यान्वयन गर्नुपर्ने माग गरे ।

उनले विद्युत् प्रशारण लाइनको टावर राख्ने जग्गा र तारमुनी पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति प्रभावितकै सहभागितामा एकै समयमा निर्धारण गरी चलनचल्तीको मूल्यमा शतप्रतिशत उपलब्ध गराउनुपर्ने र समुदायले प्राप्त गर्ने लाभ सुनिश्चित गर्नुपर्ने माग गरे ।

आयोगमा अध्यक्ष अनुपराज शर्माले आयोगले आजैदेखि त्यस परियोजनाका विषयमा विस्तृत अध्ययन गर्ने र प्रभावितलाई अन्याय भए वा नभएको आयोगले बोल्ने विश्वास व्यक्त गरे। सो परियोजनाबाट ४०० घरपरिवार प्रभावित भएका छन् । युरोपेली लगानी बैंकको करीब नौ करोड ५० लाख युरो सो परियोजनामा लगानी भएको जनाइएको छ ।