९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेल म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षमुनिका राष्ट्रिय फुटबल टोली जोर्डनतर्फ



अ+ अ-

काठमाडौँ । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ । सन् २०२० मा आयोजना हुने उक्त च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलङ्का रहेका छन् ।

नेपालले यही भदौ २८ गते आयोजक जोर्डनसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले आफनो दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ भने तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल असोज ५ गते श्रीलङ्कासँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । नेपाली टोलीको गोलरक्षकमा मनोज दहाल, जेनियस केसी, पाथुङ हाङ नेम्वाङ छन् भने डिफेन्डरमा अजय चौधरी, अभिषेक वाइवा, जान लिम्बू, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ र आमीर हमिद छन् ।

त्यसैगरी मिडफिल्डरमा नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मेजय धामी, विपीन तुम्सिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई र निराजन खत्री छन् भने स्ट्राइकरमा शशाङ्क बोहोरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा र दिपेश राई छन् ।