९ असार २०८३, मंगलवार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय बैंक अब संघीय संरचनामा, गभर्नरको उमेरहद ६५ वर्षभन्दा कम



अ+ अ-

काठमाडौं । मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकलाई अब संघीय संरचनामा लैजाने गरी कानूनी व्यवस्था गर्न लागिएको छ । अर्थमन्त्रालयद्वारा संघीय संसदको प्रतिनिधिसभामा दर्ता गरिएको नेपाल राष्ट्र बैंक ऐन, २०५८ को संशोधन विधयेकले केन्द्रीय बैंकलाई संघीय संरचनामा लैजान सक्ने व्यवस्था प्रस्ताव गरेको हो ।

पछिल्लो समयमा राष्ट्र बैंकका अधिकारीहरुले राष्ट्र बैंकका कार्यालयहरुलाई प्रादेशिक कार्यालयको रुपमा रुपान्तरण गर्ने बताउदै आएका थिए । सोही अनुसार अर्थ मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो । हाल राष्ट्र बैंकका कार्यालयहरु ७ वटै प्रदेशमा छन् ।

अहिले जुनसकुै उमेरका व्यक्ति पनि तोकिएको योग्यतापुर्ण भएमा राष्ट्र बैंकको गभर्नर अथवा सञ्चालक नियुक्त हुन सक्ने व्यवस्था रहेको छ । तर विधयेकले राष्ट्र बैंकका गभर्नरको पनि उमेर हद तोक्ने प्रस्ताव गरेको छ ।

यदि विधेयक पारित भए राष्ट्र बैंकको सञ्चालक वा गभर्नर हुनका लागि अबदेखि ३५ वर्ष नाघेको र ६५ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।