९ असार २०८३, मंगलवार
,
Latest
एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकम अभावले इन्द्रजात्रा मनाउन समस्या



अ+ अ-

काठमाडौं । रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आफूहरुले सहयोग रकमबाटै जात्रा सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार यस वर्षको जात्रा सञ्चालनका लागि सरकारबाट रु १४ लाख र काठमाडौँ महानगरपालिकाबाट रु १० लाख गरी रु २४ लाख सहयोग भएको छ । गुठी संस्थानले जात्राका लागि आवश्यक केही सामग्री मात्रै सहयोग गर्छ भने अन्य खर्च समिति आफैँले व्यवस्थापन गर्दै आएको छ । इन्द्रजात्रामा वसन्तपुर क्षेत्रका २९ गुठीले सहकार्य गर्दै आएका छन् ।

इन्द्रजात्रा भदौ २४ गतेदेखि शुरु भएको छ । वसन्तपुर क्षेत्रको तल्लो टोल र माथिल्लो टोलमा आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । तल्लो टोलअन्तर्गत वसन्तपुरदेखि देब्रेपट्टि तथा माथिल्लो टोलभित्र दाहिनेतर्फका सबैजसो टोल पर्छन् । वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे आज, हल चोक, आकाश भैरव, पुलुकिसी आज, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठी एक भएर इन्द्रजात्रा पर्व व्यवस्थापनमा जुटेका छन् ।