२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलमा ओमिक्रोनको प्रकोप बढेपछि बालबालिकालाई खोप



अ+ अ-

लिस्बन । पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै यहाँका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । यहाँको स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार मात्र यहाँका ४१ हजार जनालाई खोप लगाइएको छ ।

ती बालबालिका ओमिक्रोन भाइरसको सङ्क्रमण बढेको प्रभावित क्षेत्रका हुन् । ती बालबालिका ५ देखि ११ वर्षका हुन् । उनीहरुलाई विशेष प्राथमिकतामा राखेर खोप दिने गरिएको छ ।

यसै वर्षभित्र यहाँका सबै बालबालिकालाई कोरोना विरुद्धको खोप दिइसक्ने र थपलाई आगामी वर्ष दिइने पनि अधिकारीहरुले जनाएका छन् । आगामी वर्षबाट यो कार्यक्रमलाई थप प्राथमिकता राखिने र यहाँका १३ वर्षसम्मका सबैलाई खोप दिइने छ ।

पोर्चुगलमा पछिल्लो समयमा कोरोनाको प्रकोप बढ्दै गएको देखिएको छ । गएको २४ घन्टामा मात्र यहाँ पाँच हजार जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ । त्यस्तै यस अवधिमा यहाँका १२ जनाको यही संक्रमणबाट ज्यान पनि गएको छ । (रासस-सिन्ह्वा)