९ असार २०८३, मंगलवार
,
Latest
काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलहरु लोकतान्त्रिक ढङ्गबाट नचल्दा जनतामा निराशाः केसी



अ+ अ-

गाईघाट । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले देशमा सरकार र राजनीतिक दलहरु लोकतान्त्रिक ढङ्गबाट चल्न नसक्दा जनतामा विस्तारै निराशा छाउँदै गएको आरोप लगाएका छन् ।

प्रेस युनियन उदयपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य केसीले प्रमुख प्रतिपक्षसहितका दलसमेत राम्रोसँग चल्न नसक्दा लोकतन्त्र, सङ्घीयता र गणतन्त्र विरोधीले खेल्ने मौका पाउन थालेको बताए ।

नेता केसीले नेपाली काङ्ग्रेसभित्रको गुटबन्दी चौधौं महाधिवेशनपछि अन्त्य हुने दावी गर्दै गाउँका किसानको सेवा गरेर गरीब मजदूरको स्तर उठाउने गरी काङ्ग्रेस लाग्नुपर्ने धारणा व्यक्त गरे ।