२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी अर्काे फिल्ममा पनि सौगात र श्रृष्टी जोडी



अ+ अ-

नायक सौगात मल्लको हातमा चलचित्रको अभाव नै छैन । उनी एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । उनको चलचित्र रिलिजको संख्या लामो भैसकेको छ । यसको प्रत्यक्ष फाइदा नायिका श्रृष्टी श्रेष्ठलाई परेको छ । सौगातले आफूलाई अफर आएका चलचित्रमा श्रृष्टीको नाम अगाडि सार्ने भएकाले पनि यो जोडी हरेक चलचित्रमा एकसाथ देखिएको छ ।

निर्देशक मधुसुदन भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा पनि सौगात र श्रृष्टी अनुवन्धित भएका छन् । चलचित्रका लेखक संचारकर्मी लक्ष्मण सुवेदीले सामाजिक संजालमार्फत यो कुराको पुष्टी गरेका छन् । चलचित्रको नाम फाइनल गरिएको छैन ।

चलचित्रको छायांकन तिहारपछि अष्ट्रेलियामा हुने बताइएको छ । यता सौगात र श्रृष्टीको जोडीलाई भने दर्शकले एकपछि अर्को चलचित्रमा देख्न पाउने भएका छन् । यी दुई अभिनित चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ ।