२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ फिल्मबारे साहरुख भन्छन्, ‘मैले लेखेपछि मात्र विश्वास गर्नुहोस्’



अ+ अ-

बलिउड नायक साहरुख खानको विषयमा धेरै समाचारहरु आइरहेका हुन्छन् । उनको नयाँ चलचित्रको विषयमा पनि मिडियामा धेरै गसिपहरु बनिरहेका छन् । राजकुमार हिरानीको चलचित्रदेखि संजयलीला भन्साली र अली अब्बास जफरको चलचित्रमा समेत साहरुखको नाम जोडिएको छ ।

पछिल्लो समय साहरुखले यशराज ब्यानरको नयाँ चलचित्रमा काम गर्न लागेको खबर पक्का भन्दै सार्वजनिक भएको थियो । तर, साहरुखले यसलाई नकारेका छन् । उनले आफ्नो अफिसियल ट्विटरमा ट्विट गर्दै साहरुखले आफू अहिलेसम्म कुनै पनि चलचित्रमा अनुबन्धित नभएको खुलाएका छन् ।

उनले लेखेका छन्, ‘मैले मेरो अनुपस्थितीमा वा गुप्त रुपमा कति वटा चलचित्र साइन गरिसकेछु, जुन मलाई नै थाहा छैन ।’ साहरुखले आफूले भनेपछि मात्र विश्वास गर्न पनि फ्यानहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्–‘म जब यो चलचित्र गर्छु भनेर भन्छु अनी मात्र त्यसलाई पत्याउनु होला । नत्र, अरु सबै हल्ला मात्र हुन् ।’