२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजुरआमा बन्दै रविना टन्डन



अ+ अ-

आफ्नो अदाले दर्शकलाई दिवाना बनाएकी बलिउड अभिनेत्री रविना टन्डन छिट्टै हजुरआमा बन्दैछिन्। रविनाले हालै आफ्नी छोरी छायाको ‘बेबी सोअर पार्टी’ आयोजित गरेकी छन्। रविनाकी छोरी छायाको बेबी सोअर पार्टीको तस्बिर सोसल मिडियामा तीव्र रूपमा भाइरल भएको छ।

रविनाकी खास मित्र पूजा मखिजाले आफ्नो इन्स्टाग्राममा यो तस्बिर सेयर गरेकी थिइन्। पूजाले बेबी सोअरको तस्बिर सेयर गर्दै रविनाको तारिफमा लेखेकी छन्, ‘हजुरआमा बन्न लागेकोमा चियर्स। राम्ररी हेरचाह गरेर आफ्नी एडप्टेड छोरीको बेबी सोअर पार्टी गरेको देखेर मन छोयो।’

छायालाई रविनाले १९९५ मा एडप्ट गरेकी हुन्। रविनाले २००४ मा अनिल थडानीसँग विवाह गरेकी हुन्। उनका दुई सन्तान राशा र रणवीर छन्।