१० असार २०८३, बुधबार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गुका बिरामी बढेसँगै चितवनमा रगतको अभाव



अ+ अ-

चितवनः डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पु¥याउन कठिन भएको हो ।

अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको बताउँदै उहाँले केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको जानकारी दिनुभयो ।

सेतो रगतले प्लेटलेट निर्माणका लागि सहयोग गर्ने गर्दछ । डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत रक्तदान गरेको छ घण्टाभित्र बनाई सक्नुपर्ने हुन्छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार जिल्लामा नियमित रक्तदान नहुँदा बिरामीको मागअनुसार रगत दिन नसकिएको हो । पछिल्लो समय डेङ्गु सङ्क्रमित ८३३ पुगेपछि अझै थप समस्या देखिएको हो ।

न्यौपानेका अनुसार जिल्लामा सेतो रगतसँगै रातो रगतको पनि माग बढेको छ । जसका कारण नियमित रक्तदान गर्नका लागि सबैलाई आह्वान गरिएको छ । अहिले रातो रगतको माग दैनिक ७० युनिट रहेको भए पनि ५० युनिट मात्रै पु¥याउन सकिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रले चितवन, गोर्खा, लमजुङ, तनहँुलगायतका १० जिल्लाबाट रगत सङ्कलनको काम गर्दै आएको छ । असार साउनमा खेती गर्ने समय भएकाले रगतको अभाव भए पनि अहिले बिरामीको चाप बढेसँगै रगत अभाव देखिएको न्यौपानेले बताउनुभयो ।

डेङ्गुका बिरामी बढेका कारण गाउँघरमा रक्तदानका कार्यक्रम पनि कम भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा वार्षिक ५० हजार युनिट रगतको माग हुँदै आएको छ । केन्द्रले ४० हजार युनिट रगत मात्रै पूरा गर्दै आएको छ ।