८ असार २०८३, सोमबार
,
Latest
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

#NoBra: दक्षिण कोरियामा ब्रा नलगाउने अभियान, सुली बनिन् अभियान्ता



अ+ अ-

काठमाडौं । दक्षिण कोरियामा महिलाहरू भित्र ब्रा नलगाई बाहिरी पोसाक मात्र लगाई खिचिएका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा प्रेषित गरिरहेका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँ फलोअर रहेको आफ्नो खातामा दक्षिण कोरियाली अभिनेत्री तथा गायिका सुलीले भित्र ब्रा नलगाएको आफ्ना तस्बिर प्रेषित गरेपछि अरूले पनि उनको अनुसरण गर्न थालेका हुन्।

उनले आफ्नो तस्बिर #NoBra राखेर सामाजिक सञ्जालमा राखेकी थिइन् ।दक्षिण कोरियामा उनी धेरैका लागि ब्रा नलगाउने अभियानको प्रतीक बनेकी छन्। अनि दक्षिण कोरियाली महिलाहरूले एउटा स्पष्ट सन्देश दिइरहेका छन् । ब्रा लगाउनु वा नलगाउनु व्यक्तिगत स्वतन्त्रताको विषय भएको उनले बताइन् ।

केही पुरुषहरुले पनि गायिक सुलीलाई ब्राविनाको फोटो शेयर गरेको भन्दै आलोचना पनि गरेका छन् । तर सुलीलाई समर्थन गर्ने महिलाहरुको संख्या भने बढ्दै गएको छ । हालै एक चर्चित गायिका ह्वासाले पनि आफ्नो बिना ब्रा वाला फोटो राखेर सुलीलाई समर्थन गरेपछि यो अभियानले झन् व्यापकता पाएको छ ।

दक्षिण कोरियामा ब्रा नलगाउने अभियान थालिएको पहिलो घटना भने होइन । सन् १९६८ मा अमेरिका ब्युटी अन्टेस्टको बेला महिलावादीहरुले ब्रा शोषणको प्रतीक हो भन्दै जलाएर विरोध प्रदर्शन गरेका थिए ।