८ असार २०८३, सोमबार
,
Latest
विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताका फोन नम्बरसहितको जानकारी सार्वजनिक



अ+ अ-

काठमाडौं । फेसबुकको सुरक्षा संकटको रुपमा लिइएको पछिल्लो ह्याकमा ४० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताका फोन नम्बरसहितको जानकारी अनलाइनमा सार्वजनिक भएका छन्।

जानकारी सार्वजनिक गरिएको सर्भरमा सबैभन्दा बढी अमेरिकाका १३ करोड ३० लाख, भियतनामका ५ करोड र यूकेका १ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको गोपनीयता सार्वजनिक भएको हो ।

ती जानकारी संकलन गरिएको फेसबुकको डाटाबेसमा ह्याकरहरुले प्रवेश पाएपछि फेसबुक प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक भएका हुन्।सो डाटाबेस भएको सर्भरमा पासवर्ड नराखिएकाले जो कसैले पनि उक्त ‍जानकारी हेर्न सक्छन्। कतिपय प्रयोगकर्ताका भौगोलिक स्थान (देश) पनि सार्वजनिक भएको छ ।

फेसबुकका प्रवक्ताले भनेका छन्, त्यो डाटाबेस हामीले हटाइसकेका छौँ, फेसबुकका प्रयोगकर्ताको अकाउन्ट ह्याक भएको हामीले पाएनौँ।

प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक हुँदा ती नम्बरमा अनावश्यक फोन आउने, फेसबुकको पासवर्ड परिवर्तन हुन सक्ने जस्ता खतराहरु देखिन्छ ।




न्यूजपोलारबाट थप समाचार