८ असार २०८३, सोमबार
,
Latest
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति ट्रम्पकी निजी सहायकलाई गोपनीय सूचना चुहाएको आरोप



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी निजी सहायक म्याडलिन वेस्टराउटलाई उनको परिवारको निजी मामिला अरूसँग चुहाएको आरोपमा पदमुक्त गरिएको छ।

यसै महिना पत्रकारहरूसँग रात्रिभोजका बेला उनले कुरा चुहाएको राष्ट्रपतिले थाहा पाएलगत्तै उनलाई बिहीवार हटाइएको थियो।न्यूजर्सीमा बिदा मनाउँदै गर्दा राष्ट्रपति ट्रम्पसँग आफ्नो पहुँचबारे वेस्टराउटले मदिरापान गर्दै धाक लगाएको सीबीएस न्यूजले जनाएको छ।

उनले अनौपचारिक रात्रिभोजका बेला न्यूजर्सीस्थित बर्कले हाइट्समा रहेको एउटा होटलमा पत्रकारहरूसँग गफगाफ गरेकी थिइन्।सीबीएस न्यूजलाई सूत्रहरूले बताएअनुसार त्यतिखेर वेस्टराउटले मदिरा पिएकी थिइन् र उनले ट्रम्पको परिवारसँग सम्बन्धित विवरण चुहाएकी थिइन्। साथै प्रसारकहरूले राष्ट्रपतिसम्म पहुँच माग्न गरेका प्रयासबारे उनले टिप्पणी गरेकी थिइन्।

न्यूयोर्क टाइम्सले ह्वाइट हाउस सूत्रलाई उद्धृत गर्दे वेस्टराउटलाई शुक्रवारदेखि नै ह्वाइट हाउसको कार्यकारी भवनमा आउन नदिइने उल्लेख गरेको थियो।




न्यूजपोलारबाट थप समाचार