८ असार २०८३, सोमबार
,
Latest
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’



अ+ अ-

विराटनगर । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले नागरिक भन्दामाथि कोही पनि नभएकाले पत्रकारको मूल्याङ्कन पाठक, स्रोता र दर्शकले गर्ने बताएका छन् । महासङ्घ मोरङशाखाद्वारा आज यहाँ आयोजित ‘नागरिकको दृष्टिकोणमा मिडिया पुष्पोषण’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सञ्चारकर्मीले आफूभित्रका कमी कमजोरी सच्चाएर समाजप्रति जवाफदेहि भएर कार्य गर्नुपर्नेमा जोड दिए ।

पत्रकारहरुले राष्ट्रहित, लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव रहनुपर्ने स्पष्ट पार्दै उनले सामाजिक सञ्जालको प्रयोग पत्रकार आचारसंहित पालना गर्दै गर्नुपर्ने धारणा व्यक्त गरे। समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले पत्रकारितामा राजनीतिको घुसपैठ हुननहुनेमा जोड दिए ।

महासङ्घका प्रदेश अध्यक्ष विक्रम लुइँटेलले पत्रकारितामा अनुशासन कायम गरेमा सही गन्तव्यमा पुग्न सकिने भएकाले यसमा रहको संकिर्ण मानसिकता हटाउनुपर्ने बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले मिडियालाई नियन्त्रणमा नराखी खुल्ला गर्नुपर्ने बताउँदै सम्मुन्नत मूलुक निर्माणमा यसको भूमिका महत्वपूर्ण रहेकामा जोड दिए।

महासङ्घका जिल्ला अध्यक्ष बन्धु पाखेरेल, महासङ्घका झापा अध्यक्ष तारामणि सापकोटा, नेपाली काङ्ग्रेस मोरङका सचिव नागेश कोइराला, वुद्धिजीवी दिनेश श्रेष्ठलगायतले पत्रकारिता क्षेत्र मर्यादित हुनुका साथै अनलाइन मिडिया व्यवस्थित गर्न नियमन आवश्यक रहेको धारणा व्यक्त गरे । महासङ्घ केन्द्रीय समितिले नागरिकका आवश्यक सुझाव तथा धारणा लिन प्रदेश नं १ र २ मा यस प्रकारका गोष्ठी आजदेखि शुरु गरेको कोषाध्यक्ष राजेश मिश्रले बताए ।