८ असार २०८३, सोमबार
,
Latest
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक स्थानीय तहमा एक/एक वटा उद्योग ग्राम स्थापना गरिने बताएका छन् । यहाँ जारी महिला उद्यमी मेलाको आज समापन गर्दै उनले प्रदेश सरकार महिला उद्यमीको मनोबल बढाउन तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न तयार रहेको बताए। कार्यक्रममा मुख्यमन्त्री पौडेलले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने धारणा राखे ।

समृद्धि कराएर वा रटान दिएरमात्रै प्राप्त नहुने बताउँदै उनले उद्यम नगरे समृद्धि नआउने उल्लेख गरे । उनले महिलाले सञ्चालन गरेका उद्यमलाई पुरुषको सक्दो सहयोग हुनुपर्ने धारणा राखे । नेपाली उत्पादनको लागत बढी भएकाले उनले लागत कम गर्न आवश्यक सीप वा प्रविधि भित्र्याउन आवश्यक रहेकामा जोड दिए।

प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले महिला उद्यमीलाई विनाधितो ऋण दिनुपर्ने धारणा राखे । उनले विदेशी उत्पादन भित्र्याउनेभन्दा पनि नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्याउन पहल गरिनुपर्ने बताए ।

अर्का प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले महिला साच्चै नै इमान्दारितापूर्वक व्यवसाय सञ्चालन गर्छन् भन्ने कुरा धेरै उदाहरणले पुष्टि गरिसकेकाले उनीहरुको उद्यमशीलतालाई थप विकसित बनाउन विना हिच्किचाहट लगानी गर्न वित्तीय संस्थालाई अनुरोध गरे।