८ असार २०८३, सोमबार
,
Latest
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेसहित ३ जनाविरुद्ध अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता



अ+ अ-

चितवन । जिल्ला सरकारी वकिल कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाविरूद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ । प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माका अनुसार तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको हो।

यसअघि पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा ८ दिनअघि पक्राउ परेका उनीहरूको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको थियो । उक्त कार्यालयले प्रतिवेदन अध्ययनपश्चात अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रतिवेदनमा पर्याप्त प्रमाण भेटिएपछि मुद्दा चलाउने निर्णय वकिल कार्यालयले गरेको हो। अब अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा, अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ । बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ।

आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेललाई पक्राउ गरेको हो । प्रचलित कानुनअनुसार यस मुद्दामा अदालतबाट दोषी ठहर भएमा निजहरुलाई ५ वर्ष जेल र ५० हजार जरिवानाको सजाय हुनेछ ।