२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय पाठ्यक्रम तयार पार्दै महानगरपालिका



अ+ अ-

काठमाडौं । काठमाडौं महानगपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । शिक्षा समितिको बैठकले पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको हो । मेयर एवं महानगर शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम लेखनका लागि दुईओटा समितिसमेत निर्माण गरेको छ ।

कक्षा एकदेखि आठसम्मको नेपाल भाषाको पाठ्यक्रम निर्माणका लागि काठमाडौं महानगरपालिका शिक्षा अधिकारी निर्मला केसीको संयोजकत्वमा एउटा समिति बनेको छ । समितिमा प्रा।डा। चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्य सचिव मोतिराज खनाल छन् । नेपाल भाषा ऐच्छिक विषयका रूपमा रहनेछ ।

अंग्रेजी र नेपाली भाषाका लागि अर्को छुट्टै समिति बनेको छ । त्यसको संयोजक पनि केसी नै रहेकी छिन् । समितिमा चुन्दा बज्राचार्य, प्रोफेसर मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी छन् । सदस्य सचिवमा महानगरपालिका शिक्षा विभागका अधिकृत तारापति खरेल छन् ।

काठमाडौं महानगरपालिकाभित्र चल्ने सामुदायिक र संस्थागत विद्यालयको कक्षा एकदेखि कक्षा आठसम्मको पाठ्यक्रम निर्माणको जिम्मेवारी दिइएको महानगरपालिकाले जानकारी दिएको छ । ‘कक्षा एकदेखि आठसम्म नेपाली र नेपाल भाषामा तथा नेपाल भाषाको ऐच्छिक विषयका रूपमा पाठ्यक्रम निर्माण गर्ने निर्णय बैठकले गरेको छ,’ शिक्षा अधिकारी निर्मला केसीले भनिन्, ‘यसको कार्यादिन ६० दिनको हुन्छ । त्यसपछि हामी पाठ्यपुस्तक लेखनमा जान्छौँ ।’

शिक्षा विभागका अधिकृत खरेलले पनि शैक्षिक सत्र ०७७ बाट स्थानीय पाठ्यक्रम प्रत्येक विद्यार्थीको हात–हातमा पुग्ने जानकारी दिए । ‘आगामी शैक्षिक सत्रबाट सामुदायिक विद्यालयलाई निःशुल्क र संस्थागत विद्यालयलाई शुल्क तिरेर उपलब्ध गराउने उनले बताए । ‘पाठ्यक्रम बन्नका लागि ६० दिन लाग्छ । शिक्षा समितिले त्यसलाई पास गर्छ र कार्यपालिकाले अनुमोदन गरेपछि पाठ्यपुस्तक लेखनमा जान्छ,’ उनले भने,

‘पाठ्यक्रममा काठमाडौंको पेसा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिन्छ ।’ उनले काठमाडौं महानगरपालिकाभित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटेर पाठ्यपुस्तक निर्माण गर्ने जानकारी दिए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।