८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगी व्यवसायीहरुलाई ढुक्कसँग लगानी गर्न उर्जामन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरुलाई उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग बन्द हुने होकी भन्ने शंका रहित भएर उद्योगमा लगानी गर्न आग्रह गर्नु भएको छ । 

बिहिबार उर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत आपूर्ति सम्बन्धि छलफल कार्यक्रममा बोल्दै व्यवसायीले उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग नै नचल्ने हो की भन्ने शंका रहित भएर उद्योगमा लगानी गर्न आग्रह गर्नु भएको हो । उहाँले विभिन्न उद्योगमा विद्युत आपूर्तिका समस्याहरु रहेको तर, प्राधिकरणले समस्या समाधानको लागि काम गरिरहेको बताउनु भयो । मन्त्री भुसालले सरकारले तत्काल विद्युत महशुल सस्तो दिन सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले उद्योग सञ्चालनमा विद्युत गुणस्तर नपुग्ने समस्यालाई प्राधिरकण गुणस्तर क्षमता बढाएर विद्युत दिने वातावरण बनाउने बताउनुभयो । मन्त्री भुसालले विद्युत उत्पादन उद्योगहरुको क्षमता भन्द धेरै रहेको बताउनु भयो । 

उहाँले उद्योगी व्यवसायीहरु अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएकाले नेपालमा उर्जा खपत गर्ने उद्योग ल्याउनको लागि पहल गर्न समेत आग्रह गर्नु भयो । उहाँले उद्योगहरुको हकमा विद्युत महशुल महँगो भएको स्विकार गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो,‘सरकारले विद्युत महशुल कम गर्ने योजना बनाइरहेको छ । उद्योगहरुमा पनि विस्तारै सस्तो महशुलमा उर्जा खपत गर्ने वातावरण बनाउछौं । तर, तत्काल व्यवसायीहरुले भने जस्तो तत्काल यति नै सस्तो बनाउछौं भन्ने अवस्था छैन। त्यो भन्दा अहिले उद्योगहरुलाई  जरिवाना लगायतका कुरामा छुट दिन सकिन्छ । विद्युत महशुल उद्योगहरुमा महँगो भएको छ । महँगो नै छ ।किनकी विद्युत उत्पादन पनि बैंकबाट ऋण लिएर महँगो ब्याज तिरेर मात्रै विद्युतमा लगानी गरी उत्पादन गरेका केही महँगो नै भएको छ । महँगो भए पनि नेपालमा उत्पान भए विद्युत नेपालमा नै खपत गर्नु पर्ने अवस्था छ । त्यसैले व्यवसायीहरुले उद्योगमा लगानी गर्दा विद्युत नपाएर उद्योग बन्द हाला कि भन्ने कुनै शंका नगरी उद्योगमा लगानी गर्नु हो । सरकार उद्योगमा विद्युत दिन तयार रहेको छ । अझ व्यवसायीहरु अन्तर्राष्ट्रिय उद्योगीहरुसँग जोडिएकाले नेपालमा उर्जा खपत बढाउने गरी वैदेशिक लगानी ल्याउने पहल गर्नु आवश्यक छ ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणको सर्भिस भेलिभरीको विषयमा निजि क्षेत्रले सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले धेरै उद्योगी व्यवसायीहरुको प्राधिरकणको विद्युत सर्भिस कमजोर भएको गुनासो आएको बताउनुभयो । निर्देशक घिसिङले सर्भिस डेलिभरीका विषयमा प्राधिरकणलाई सम्पर्क गर्न आग्रह गर्नु भयो । उहाँले प्राधिरणका कुनै कर्मचारी कुनै उद्योगमा विद्युत कटौती गर्ने विद्युत नदिने गतिविधि गरेको खबर पाए तत्काल कारबाही गर्ने बताउनु भयो । घिसिङले नेपालमा विद्युत महशुल विस्तारै सस्तो बन्दै जाने बताउनुभयो ।उहाँले विद्युत महशुल्क सस्तो बनाउने कुरामा विद्युत उत्पादकबाट महशुल बढाउन दवाब आउने र उद्योगीबाट घटाउने दवाब आउने गरेको बताउनुभयो । 

निर्देशक घिसिङले भन्नुभयो,‘प्राधिरकणले उद्योगलाई दिने विद्युत सर्भिस कमजोर भए नीजी क्षेत्रले सहयोग गर्नुपर्छ । यदि प्राधिरणका कुनै कर्मचारीले केही गरेको छ भनी नीजि क्षेत्रले प्राधिकरणका कर्मचारीहरुसँग मिलेर भित्रभित्रै खुसुखुस गरी मिल्न भएन । कर्मचारीसँग नमिलेर प्राधिकरणलाई सम्पर्क गरिदिनुपर्छ ।प्राधिकरणले त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्छ । उद्योगीले प्राधिरकणमा सम्पर्क गर्दा काम बिग्रन्छ की भन्ने होइन। उद्योगी काम सकेर कर्मचारीलाई कारबाही गछौं । विद्युत महशुल विस्तारै घट्दै जाने छ । तत्काल घटाउँदा प्राधिरकणलाई पनि समस्या हुन्छ। अहिलेको प्रमुख समस्या भनेको विद्युत उत्पादकले महशुल बढा भन्ने र उद्योगहरुले घटाउ भन्ने भएको छ। अब दुबैलाई कसरी मिलाउने व्यवसायीले सुझाव दिनुपर्छ ।’

त्यस्तै,नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले उद्योगहरुले प्राधिरकणको विद्युत गुणस्तर सर्भिस नभएको बताउनुभयो । उहाँले स्टिल उद्योगहरुमा विद्युत ५० प्रतिशत गुणस्तरिय सर्भिस नहुदाँ समस्या भइरहेको बताउनुभयो । राती उद्योग सञ्चालन गर्दा विद्यूत महशुल सस्तो पर्ने भनेर उद्योग सञ्चालन गर्दा पनि ४० पटकसम्म विद्युत कटौती हुने बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले भन्नुभयो,‘उद्योगहरुले विद्युत सर्भिसको समस्या धेरै भोगेका छन् । विद्युत सर्भिसको समस्या भएकाले उद्योगहरुले भने जस्तो गुणस्तरिय सामान समेत उत्पादन गर्न सकेका छैनन् ।’

उपाध्यक्ष श्रेष्ठले उद्योग सञ्चालन गरी रहँदा विद्युत बारम्बार कटौती हुँदा उद्योगहरुले धेरै नोक्सानी भोग्दै आएको बताउनु भयो । उहाँले विद्युत गुणस्तरिय नहुँदा सामान गुणस्तरिय उत्पादन नहुने तथा समय त्यतिकै खेरा जाने गरेको बताउनुभयो ।