२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाडीमा घरेलु कामदारलाई बाटो खुल्यो



अ+ अ-

काठमाडौं । बिदामा स्वदेश आएका महिला कामदार आफू काम गर्ने मुलुक फर्कन पाउने भएका छन्। संसद्को श्रम समितिको बुधबार बसेको बैठकले बिदामा आएर फर्कन नपाएका महिला कामदारलाई फर्कन बाटो खोल्ने निर्णय गरेको हो।

सरकारले २०७२ देखि घरेलु कामदारका रुपमा काम गर्न जाने महिलालाई श्रम स्वीकृत दिन रोकेको छ। असुरक्षाका कारण तत्कालीन संसद्को समितिले महिला कामदारलाई प्रतिबन्ध लगाउदा अवैधानिक बाटोबाट विदेश जानेहरू बढेका छन्।

श्रम मन्त्रालयका अनुसार एक हजार भन्दा बढी महिला बिदामा आएर पुनः रोजगारीमा जान पाएका छैनन्।

समितिका सभापती विमल श्रीवास्तवले बिदामा आएर निवेदन दिएका कामदारलाई श्रम स्वीकृतिप दिन निर्देशन दिएको बताए।

नयाँ श्रम स्वीकृतिका लागि समिति र सरकारका प्रतिनिधिले अनुगमन गरेर प्रतिवेदन बुझाएपछि मात्रै निर्णय गरिने श्रीवास्तवले बताए।

बैठकमा श्रम मन्त्री गोकर्ण विष्ट लगायत मन्त्रालयका अधिकारीको उपस्थिति थियो।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।