८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा बहस: जलश्रोतसम्बन्धि सम्झौता भारतले पालना गरेन



अ+ अ-

काठमाडौं । सत्तारुढ दलका सांसदहरुले नेपाल भारतबीच भएको जलश्रोत सम्बन्धि सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसद सुमनराज प्याकुरेल र सांसद कोमल ओलीले नेपाल भारतबीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौतालगायत अन्य सम्झौताको व्यवस्थाअनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पीडित बनेको बताएका हुन् ।

सांसद सुमनराज प्याकुरेलले कोशी सम्झौता हुँदा बाढी र डुबानले पीडित हुनेहरुलाई क्षतिपूर्तिअनुसार राहत रकम उपलब्ध गराउने सम्झौता भारत पक्षले पालना नगर्दा उदयपुर सुनसरी र सप्तरीका जनता पीडित बनेको बताए । सांसद प्याकुरेलले आजबाट सुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस बिषयमा भारतीय पक्षसँग वार्ता गर्न माग गरे ।

यस्तै बैठकमा बिशेष समय लिएर बोल्दै सांसद कोमल ओलीले नेपाल भारत बीच प्राकृतिक श्रोत बाँडफाँड सम्बन्धि भएका सम्झौता पुनरावलोकन गर्न माग गरे । दुई देशबीच हुने सम्झौता विन विनको आधारमा हुनुपर्ने भन्दै जलस्रोत, तटबन्ध सडकजस्ता बिषयमा भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताए । आजबाट सुरु हुने संयुक्त आयोगको बैठकमा सम्झौता कार्यान्वयन गर्ने बिषयमा छलफल गर्नुपर्ने बताए ।

राष्ट्रियसभाको बैठकमा संसदहरुले सरकारको कामकारबाही तथा पछिल्लो समय बहसमा रहेको रवि लामिछाने पक्राउ बिषयमा आ–आफ्नो धारणा राखेका थिए ।