८ असार २०८३, सोमबार
,
Latest
नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरिङ्गालले टोकेर एक युवकको मृत्यु



अ+ अ-

पाल्पा । अरिङ्गालले टोकेर पाल्पामा एक युवकको मृत्यु भएको छ। तानसेन नगरपालिका–१२, बौघापोखराथोकका २१ वर्षीय हेमु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घर नजिकैको धारादी सियानडाँडा सामुदायिक वनमा रुखमा भएको अरिङ्गाल पोल्न गएका रानाको अरिङ्गालको टोकाईबाट मृत्यु भएको हो ।

स्थानीय कृष्ण आलेले साथीहरुको समूहमा अरिङ्गाल पोल्न गएका रानाले पोल्दापोल्दै पुरै नपोलिकन गोला झिक्न लागेको समयमा अरिङ्गालले टोक्न थालेपछि आत्तिएर रुखबाट छिटो झरेको बताए। उनलाई तत्कालै मिशन अस्पताल लगिएको तर बचाउन नसकिएको आलेले बताए । गरिब परिवारका रानाले खानको लागि ८र१० जनाको समूहमै अरिङ्गाल पोल्न गएको बताईएको छ।

सोमबार राती ८ बजे घरनजिकै रहेको रुखमा अरिङ्गालको गोलो पोल्न गएका रानालाई अरिङ्गालले टोकेर घाइते भएका र उनलाई मंगलबार दिउँसो करिब १ बजेतिर तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गर्ने क्रममा मृत्यर भएको हो ।