२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाई मुला खानुहुन्छ ? पढ्नुहोस् यस्ता छन् फाईदै फाईदा



अ+ अ-
  • मुलाले क्यान्सरको जोखिम घटाउने काम गर्छ । मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, नियमित मुला सेवन गर्दा पेट र आन्द्रामा हुने क्यान्सरको जोखिम कम हुन्छ ।
  • मुला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको जोखिमसमेत कम गर्छ । यसमा पाइने डाइट्री फाइबर्सका कारण दिसालाई मुलायम बनाउँछ । पाचन प्रक्रिया राम्रो गर्छ । शरीरमा हुने जलनलाई समेत कम गर्न सहयोग गर्छ ।
  • मुलामा पानीको मात्रा प्रशस्त पाइन्छ । यसले शरीरमा पानीको आपूर्ति गर्नुका साथै मिर्गौलाजन्य रोगको जोखिम घटाउँछ ।
  • मुलामा ज्यादै कम मात्रामा मात्र क्यालोरी र फाइबर पाइने भएकाले तौल नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ ।
  • मुलाको नियमित सेवनले इन्सुलिनको मात्रालाई नियन्त्रण गर्छ । यसले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेह रोगीका लागि समेत यो फाइदाजनक हुन्छ ।
  • मुलामा भिटामिन ए, बी र सी पर्याप्त मात्रामा पाइन्छ । यसले आँखाको रोशनी बढाउन सहयोग गर्छ । हामीले उक्त सामाग्री नयाँ पत्रिका दैनिकबाट लिएका हौ ।