२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ: मुख्यमन्त्री पौडेल



अ+ अ-

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान गर्ने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले सभ्यता, संस्कृति र कलामा सयौँ वर्षअगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको तथा यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरु रहेको बताए ।

मुख्यमन्त्री पौडेलले आज एक शुभकामना सन्देश जारी गरी देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा समृद्धिको कामना गरेका छन् । “इदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु , बहुजाति, भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ”, पौडेलले सन्देशमा भनेका छन् ।

“संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ । तीन वटै तहका सरकार जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित भई ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने महान् उद्देश्य पूरा गर्न समन्वयका साथ अघि बढी इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध छन्”, सन्देशमा उल्लेख छ ।

पौडेलले सन्देशमार्फत बकर इद पर्वका अवसरमा राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्।




भर्खरै