२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाँ हरेक वर्ष ७० हजार सर्प भेला हुन्छन्



अ+ अ-

प्रकृति साँच्चिकै आश्चर्यजनक छ । यसको एउटा आश्चर्य हेर्न क्यानडाको म्यानिटोबा जानुपर्दछ । जहाँ हरेक वर्ष झण्डै ७० हजार सर्प जम्मा हुन्छन् ।

नार्सिस स्नेक डेन्स क्षेत्रको नामले चर्चित उक्त ठाउँ आफैंमा अद्भूत छ । गर्मी महिनामा हजारौं सर्पका नयाँ बच्चाहरु बाहिर निस्किन्छन् त्यहाँ विभिन्न प्रजातिका सर्पहरु रहेका छन् ।

हजारौं सर्पहरु एकठाउँमा जम्मा हुने यो कार्यलाई मानिसहरु सर्पको मेला पनि भन्दछन् । सर्पको मेला हेर्नका लागि मान्छेहरुको पनि ठूलै भीड जम्मा हुन्छ । फेब्रुअरी महिनामा त्यसरी हजारौं सर्पहरु उक्त ठाउँमा प्रजननका लागि भेला हुने गरेका हुन्छन् । क्यानडाको वन्यजन्तु विभागले उक्त सर्प प्रजनन क्षेत्रको संरक्षण गर्ने गरेको छ ।

७० हजारभन्दा धेरै सर्पहरु जम्मा हुने सो ठाउँमा प्रजनन प्रक्रियाका क्रममा बर्सेनि केही हजार सर्पहरुको त मृत्यु नै हुने गरेको छ ।