७ असार २०८३, आईतवार
,
Latest
एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१५ महिला साफ: पहिलो खेलमा नै नेपाल र भारत आमनेसामने हुने



अ+ अ-

काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी भारतलाई पाएको छ ।

साउथ एसियन फुटबल महासंघ (साफ) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा नै नेपाल र भारत आमनेसामने हुने भएको हो ।

भुटानको थिम्पुमा अक्टोबर ९ तारिखदेखि १५ तारिखसम्म हुने प्रतियोगितामा चार देशको सहभागिता रहनेछ । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग अक्टोबर ९ तारिखमा खेल्नेछ ।

त्यस्तै, नेपालले दोस्रो खेल बंगलादेशसँग ११ तारिखमा खेल्नेछ । आफ्नो अन्तिम खेल भने आयोजक भुटानसँग १३ तारिखमा खेल्नेछ । राउण्ड रोविनको आधारमा हुने खेलको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल १५ अक्टोबरमा हुनेछ ।