७ असार २०८३, आईतवार
,
Latest
एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीडीसीलाई दैनिक ५८ हजार लिटर दुध अपुग



अ+ अ-

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) का योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाका अनुसार डीडीसीलाई दैनिक ५८ हजार लिटर दुध अपुग रहेको छ । समग्र उद्योगलाई करिब ६२ हजार लिटर अपुग रहेको डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।

‘मुलुकभरि करिब ७ लाख ९० हजार लिटर दुध चाहिने तर सुक्खा सिजनले बजारमा करिब १ लाख २० हजार लिटर दुधको अभाव रहेको अध्यक्ष राजभण्डारीले बताए । ‘करिब १५ दिन अभाव नै हुन्छ, त्यसपश्चात् पुनः स्वदेशी उत्पादनले धान्छ ।’ अध्यक्ष राजभण्डारीले भने ।

संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक ५ लाख लिटर दुध आवश्यक पर्छ । जसमध्ये दुग्ध विकास संस्थानले करिब १ लाख लिटर बिक्री वितरण गर्छ । निजी डेरी उद्योगहरूले दुईदेखि साढे दुई लाख लिटर वितरण गर्छन् । बाँकी अनौपचारिक क्षेत्रबाट बिक्री भइरहेको संघको दाबी छ ।