२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्ष यानद्वारा इतिहासमा पहिलो पटक सूर्यको ‘स्पर्श’



अ+ अ-

इतिहासमा पहिलो पटक मानवनिर्मित वस्तुले सूर्यको वायुमण्डलमा प्रवेश गरेको छ र जीवित भएर सोबारे बताउन सकेको छ । नासाको पार्कर सोलार प्रोबले धेरै टाढा आफ्नो कक्षमा फर्किनुअघि सूर्यको कोरोनामा किरणहरु समात्न र डाटा सङ्कलन गर्न पाँच घण्टा बिताएको छ । 

ताराको भ्रमणका लागि यो सबैभन्दा नजिकको भ्रमण हो, नयाँ डाटाले सूर्य कसरी विकसित भयो र यसले कस्तो व्यवहार देखाउँछ भन्ने हाम्रो बुझाइमा ठूलो ढोका खोल्नेछ । यो नयाँ खोज मङ्गलबार फिजिकल रिभ्यू लेटर्समा प्रकाशित भएको छ । 

‘पार्कर सोलार प्रोबले ‘सूर्य स्पर्श’ गर्नु सौर्य विज्ञानका लागि एउटा महत्वपूर्ण क्षण हो र वास्तवमै यो एक उल्लेखनीय उपलब्धी हो’, नासाका सह प्रशासक थोमस जुर्बुचेनले एक विज्ञप्तिमा भनेका छन्, ‘यो कोसेढुङ्गाले हाम्रो सूर्यको विकास र हाम्रो सौर्यमण्डलमा पार्ने प्रभावहरुमा गहिरो अन्तरदृष्टि मात्र प्रदान गर्दैन, हामीले हाम्रो आफ्नै ताराको बारेमा सिकेका सबै कुराले हामीलाई ब्रह्माण्डका बाँकी ताराहरुका बारेमा पनि सिकाउँछ ।’ 

पार्करलाई सन् २०१८ मा एक दिनका लागि सूर्यको कोरोनामा पुग्ने लक्ष्यका साथ प्रक्षेपण गरिएको थियो । सूर्यको कोरोना भनेको प्लाज्माको बाहिरी सीमा हो जुन ताराको सतहभन्दा लाखौँ माइलसम्म फैलिएको हुन्छ ।