काठमाडौं । अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः नेपाली कांग्रेसको सभापति बनेकामा बधाई दिएको छ ।
दोस्रोपटक भएको निर्वाचनबाट दोस्रो कार्यकालका लागि देउवा बुधबार बिहान कांग्रेस सभापतिमा विजयी घोषणा भएपछि नेपालस्थित अमेरिकी दूतावासले बधाई दिएको हो ।
‘अमेरिका लोकतन्त्र, मानव अधिकार तथा स्वतन्त्र र निष्पक्ष निर्वाचनप्रति प्रतिबद्ध छ ।’ सामाजिक सञ्जालमार्फत दिइएको बधाईमा भनिएको छ ।
Congratulations to Right Honorable Prime Minister @SherBDeuba for his re-election as the president of the Nepali Congress. The U.S. remains committed to democracy, human rights and free and fair elections.
— U.S. Embassy Nepal (@USEmbassyNepal) December 15, 2021












