२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. भट्टराई प्रतिपक्षको कुर्सीमा बसेपछि…



अ+ अ-

काठमाडौं । संसदमा पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईको आसनको विषयलाई लिएर प्रश्न उठेको छ । सत्तारुढ दल भएर पनि प्रतिपक्ष दल बस्ने स्थानमा बसेपछि भट्टराई बस्ने स्थानको खोजी भएको हो ।

मंगलवार बसेको संसद बैठकमा नेकपाका सांसद विरोध खतिवडाले भट्टराईलाई संसदमा बस्ने उचित स्थान देखाइदिन सभामुखसँग माग गर्नुभयो ।

बैठक चलिरहेको बेला सांसद भट्टराई भने नेपालका सांसद राजेन्द्र महतोको छेउमा बस्नुभएको थियो । सांसद खतिवडाले सभामुख कृष्णबहादुर महरासँग उचित स्थान देखाइ दिन माग गरेपछि संसदमा चासोको बिषय बनेको थियो ।
सदनको ध्यानाकर्षण गराउँदै सांसद खतिवडाले संसदले व्यवस्थापन ठिक नगरेको हो ?

या भट्टराईले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो ? भन्ने प्रश्न गरेपछि त्यतिबेला संसद बैठक चलाउनुभएका उपसभामुख शिवमाया तुम्वाहाम्फेले निर्वाचन आयोगबाट आधिकारिक पत्र प्राप्त नभएकाले भट्टराईका लागि बस्ने व्यवस्था गर्न नसकिएको जवाफ दिनुभएको थियो ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।